नौ लाख बढीको तस्करीको सामान बरामद

असार २७, २०८२

शंकर आचार्य

More than 900,000 smuggled goods seized

पर्सा — सशस्त्र प्रहरीले शुक्रबार तस्करीको नौ लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१० स्थित टाउनहल रोडमा रहेको बिकेसी इम्पेक्सबाट भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।

उक्त गोदामबाट भन्सार छली गरेर ल्याएको छ लाख ५९ हजार सात सय मूल्य बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले शुक्रबार नै आदर्शनगर र छपकैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ७९ हजार एक सय ५ रुपैयाँ बराबरको कपडा र किरानाका सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डिएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully