राजविराज — सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा फलामको गेटले थिचेर एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ आफ्नै घरअगाडि खेलिरहेका स्थानीय सञ्जीव कटुवालका ४ वर्षीय छोरा समरजंग कटुवालको गेटले थिचेर मृत्यु भएको हो ।
खेलिरहेका समरजंगमाथि अचानक गेट लड्दा गम्भीर भई स्थानीय क्लिनिक फत्तेपुरमा भर्ना गरिएको थियो । थप उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगेका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव पोस्टमार्टमको भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
