मधेशको बजेटमा भएको त्रुटि सच्याउन कार्यदल गठनमा विवाद

असार २६, २०८२

कमलेश ठाकुर

Controversy over the formation of a task force to correct the error in Madhesh's budget

जनकपुर — मधेश प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन कार्यदल गठन गर्न सरकार र प्रतिपक्ष सहमत भए पनि विवाद देखिएको छ ।

कार्यदलमा मन्त्री अर्थात सरकारको प्रतिनिधि नहुनुपर्ने प्रतिपक्षको अडान छ भने सरकारले भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई पनि कार्यदलको सदस्यमा राखेको छ ।

यादव नेकपा एमाले संसदीय दलका नेतासमेत छन् । बिहीबार सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्य कार्यदल गठन भएको सभामुखले उद्‍घोष गर्नेबित्तिकै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले सहमति जनाएका थिए ।

उनले कार्यदलमा सत्तापक्ष राख्नुपर्ने तर मन्त्री नहुनुपर्ने उनको भनाइ छ । सरकारले असार १ गते बजेट ल्याएपछि अहिलेसम्म बजेटमाथि छलफल हुन सकेको छैन । नियमित चार दिनदेखि प्रतिपक्ष ६ दलका सांसदहरुले सदन अवरुद्ध गर्दै आएका छन् । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully