होटेलको स्विमिङ पुलमा डुबेर ९ वर्षीय बालकको मृत्यु

असार २६, २०८२

शंकर आचार्य

A 9-year-old boy died after drowning in the hotel's swimming pool

पर्सा —  वीरगन्ज–१० आदर्शनगरस्थित होटेल दियालो लर्ड्स प्लाजाको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज-११ का प्रमोद रौनियारका ९ बर्षिय छोरा बजरंगी रौनियार रहेको पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् । 

घटना बुधबार साँझ करिब ७ बजेको हो । डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक बालकको परिवारजनले शव सद्‌गत् गर्नका लागि माग गरेका छन् । घटनाबारे अनुसन्धान भई रहेको डीएसपी लम्सालले बताए । बालक किन र कसरी त्यहाँ पुगे पनि पारिवारिक पक्षबाट जानकारी अझै आइनसकेको उनले बताए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully