चक्कु प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

असार २५, २०८२

कमलेश ठाकुर

Son-in-law arrested for stabbing father-in-law to death

जनकपुर — चक्कु प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ परेका छन् । बुधबार धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या अभियोगमा ज्वाइँ बेचन महासेठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीमाथि यही असार १८ गते वासुदेवको हत्या गरेको आरोप छ । घरायसी विवादकै कारण हत्या भएको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार घरायसी र लेनदेनसम्बन्धी विवाद देखिएको छ । प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

मृतककी श्रीमती शैलदेवीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार खजुरी रेलवे स्टेशनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully