यौन दुर्व्यवहारका आरोपित शिक्षकमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

असार २४, २०८२

विनय आजाद

Three days extension to investigate teacher accused of sexual abuse

सिरहा — सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि तीन दिनको म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतले मंगलबार शिक्षक हरि श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो ।

प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ । शिक्षक श्रेष्ठमाथि विद्यालयकी १० जनाभन्दा बढी नाबालिका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

यस विषयमा विद्यालयमा पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थी तथा अभिभावकले सोमबार विद्यालयमा प्रदर्शन र ढुंगामुढा गरेका थिए । त्यसपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully