विद्युत् सर्ट हुँदा एक जना घाइते

असार १९, २०८२

ओमप्रकाश ठाकुर

One person injured due to electric short

सर्लाही — सर्लाहीको बसबरियास्थित एक कुखुरा फर्ममा बिहीबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् भने फर्मका सबै कुखुरा जलेर नष्ट भएका छन् ।

बसबरिया गाउँपालिका–३ कोठियारका आशनारायण महतोले सञ्चालन गरेको कुखुरा फर्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा फर्ममा कामदारका रूपमा रहेका स्थानीय १६ वर्षीय मिथलेश सहनी जलेर घाइते भएका हुन् । उनको बरहथवास्थित निजी अस्पतालमा उपचार भइरहेको छ । 

सहनीको अनुहारको केही भाग जलेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

स्थानीयका अनुसार फर्ममा तीन सयभन्दा बढी कुखुरा थिए । आगो हरिवन नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए ।

ओमप्रकाश ठाकुर

Link copied successfully