मानव बेचविखनको आरोपमा पक्राउ

असार १८, २०८२

शंकर आचार्य

Arrested for human trafficking

पर्सा — मानव बेचविखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१२ का २९ वर्षीय पवनकुमार साह छन् । 

उनलाई प्रहरीले सोमबार दिउँसो साढे १२ बजेतिर वीरगन्ज मनपा–१५ भिष्वाबाट नियन्त्रणमा लिएको हो । साहले भारतबाट आएका दिदीबहिनीलाई वीरगन्जमा खान लाउन तथा पैसा दिनेजस्ता प्रलोभन देखाई विभिन्न होटल तथा लजहरुमा वेश्यावृत्ति कार्य गराई त्यसबाट आएको रकम आफूले राख्ने गरेको आरोप छ । 

प्रहरीले उक्त सूचना पाएपछि तत्कालै पीडितहरूलाई सकुशल उद्धार गरेको थियो । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपि किशोर लम्सालले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully