सप्तरीमा बसले ठक्कर दिँदा बालकको मृत्यु

असार १७, २०८२

विद्यानन्द राम

A child died after being hit by a bus in Saptari

राजविराज — सप्तरीको कञ्चनरूप नगरपालिका-२ महादेवपट्टीमा मंगलबार  बसले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाटो काटिरहेका स्थानीय रोजित शेखका ८ वर्षीय छोरा आर्यन शेखलाई को १ ख ५४३८ नम्बरको बसले ठक्कर दिएको थियो ।

वीरगन्जबाट विराटनगरतर्फ गइरहेको सो बसको ठक्करबाट आर्यनको दुर्घटनास्थलमै मृत्यु भएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ भने बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई नियन्त्रणमा लिइएको छ ।

दुर्घटनापछि आक्रोशित भएका स्थानीयले केहीबेर पूर्व-पश्चिम राजमार्गमा प्रदर्शनसमेत गरेका थिए ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully