लहान नगरपालिकाका उपमेयरले सुन किनेर 'पैसा नतिरेपछि' उजुरी

असार १५, २०८२

विनय आजाद

Lahan Municipality's deputy mayor complained after buying gold and 'not paying'

सिरहा — सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले उधारोमा सुन किनेर पैसा नतिरेपछि लहान नगरपालिकामा उजुरी परेको छ । लहानस्थित विकास ट्रेडर्सले आइतबार नगरपालिकामा उजुरी दिएको हो ।

ट्रेडर्सका सञ्चालक राजाराम सारदाले दिएको उजुरीमा उपमेयर महतोले २०८१ साउन ३० मा २ लाख ५१ हजार ४ सय ३० रुपैयाँको डेढ तोला सुन लिएको उल्लेख गरेका छन् । तर, चारदेखि पाँच दिनभित्र पैसा तिरिदिने भने पनि अहिलेसम्म नतिरेको उजुरीमा उल्लेख छ ।

उपमेयर महतोलाई पटकपटक ताकेता गर्दा पनि उधारो रकम तिर्ने छाँटकाँट नदेखिएपछि बाध्य भएर उजुरी गरेको राजारामले बताए । 'उहाँ सार्वजनिक पदमा भएको मान्छे, हामीले सहजै ढंगले पैसा मागेर थाकिसक्यौं,' उनले भने, 'तर, उधारो तिर्ने उहाँको मनसाय देखिएन ।'

लहानका मेयर महेशप्रसाद चौधरीले नगरपालिकामा परेको उजुरीलाई आफूले बोर्ड बैठकमा पेस गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको बताए ।

'हाम्रा उपमेयरविरुद्ध उजुरी आएको सत्य हो,' उनले भने, 'मैले बोर्ड बैठकमा पेस गर्न भनेको छु ।' उपमेयर महतोले भने आफूहरूबीच आन्तरिक रूपमा जे भए पनि उजुरीको कुरा आफूलाई थाहा नभएको र यस विषयमा बुझ्ने प्रतिक्रिया दिए ।

Lahan Municipality's deputy mayor complained after buying gold and 'not paying'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully