महोत्तरीमा रकम नदिए गोली हानी मार्ने भन्दै धम्की दिने पक्राउ

असार १५, २०८२

सन्तोष सिंह

Arrested in Mahottari who threatened to shoot if money is not paid

महोतरी — जिल्ला प्रहरी कार्यालयको प्रहरी रहेको भन्दी गोली मार्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । गोली मार्ने धम्की दिने बलवा नगरपालिका–४ परौल तिलगढका २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

दस लाख रुपैयाँ मागेको र रुपैयाँ नदिए गोली हानी मार्छु भन्दै गरेको भिडियो प्राप्त भएपछि महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको शर्माले बताए ।

'पक्राउ परेका महतोले धम्की दिने व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी रहेको समेत भनेका थिए', प्रहरी उपरीक्षक शर्माले भने,‘आफू प्रहरी भएको भन्ने, पैसा मग्ने र गोली मार्ने धम्कीको भिडियो अधारमा पक्राउ परेकालाई तत्काल अभद्र मुद्दा चलाइएको छ ।’

धम्की दिने महतोले प्रहरीजस्तै देखिने हुलीया समेत बनाएको उनले बताए । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully