सप्तरीमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

असार ९, २०८२

विद्यानन्द राम

Driver dies after tractor overturns in Saptari

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा सोमबार दिउँसो ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। लौनियाँबाट दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनामा सोही ठाउॅंका ट्र्याक्टर चालक ३८ वर्षीय देवेन्द्रप्रसाद साहको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले बताए । 

घाइते भएका साहलाई उपचारको लागि गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा ल्याइॅंदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully