उद्घाटनको चार दिनमै ट्रान्सफर्मर तोडफोड

असार ८, २०८२

विद्यानन्द राम

Transformer vandalism within four days of opening

राजविराज — कृषकलाई निःशुल्क सिँचाइ गर्नका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दिनअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियामा उद्‌घाटन गरेको ट्रान्सफर्मर तोडफोड भएको छ ।

नगरपालिकाले कृषि विद्युतीकरण योजना अनुसार जडान गरिएको ट्रान्स्फर्मर गत बुधबार मुख्यमन्त्री सिंहले उद्‌घाटन गरेपछि सञ्चालनमा आएको थियो । शनिबार मध्यराति उक्त ट्रान्सफर्मर तोडफोड गरेको मेयर वीरेन्द्र माझीले बताए । 

‘कृषक गए राति १२ बजेसम्म सिँचाइ गरेरै घर फर्किए,’ उनले कान्तिपुरसँग भने, ‘त्यसपछि तोडफोड गरेको हुन सक्छ, हामीले पनि बिहान मात्रै थाहा पाएँ ।’ उनका अनुसार तोडफोड गरेर तल फालिदिँदा ट्रान्सफर्मरमा पूर्णरुपमा क्षति पुगेको छ । सो ट्रान्सफर्मरबाट वडा नम्बर २, ५, ७ र ८ का कृषकले निःशुल्क सिँचाइ गर्दै आएका थिए ।

Transformer vandalism within four days of opening

एसपी ढकेन्द्र खतिवडाले ट्रान्स्फर्मर तोडफोड भएको विषयमा अनुसन्धान भइरहेको बताए । ‘ट्रान्सफर्मर तोडफोड गर्ने व्यक्तिको खोजी कार्य पनि हुँदैछ’, उनले भने ।    

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully