सवारी दुर्घटनामा भारतीयको मृत्यु, दुवै सवारी जलेर नष्ट

असार ८, २०८२

शंकर आचार्य

Indian killed in car accident, both vehicles burnt down

पर्सा — शनिबार राति बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटनामा परी एक भारतीयको मृत्यु भएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन जलेर नष्ट भएका छन् ।

राति साढे ९ बजेको समयमा महुवनबाट डकैलातर्फ जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो र विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो । मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार पर्सा बहुदरमाई–५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भई नारायणी अस्पतालमै उपचाररत छन् । सुमो चालक फरार रहेकामा उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully