मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

असार ४, २०८२

शिव पुरी

Pregnant woman dies due to electric shock while charging her mobile phone

रौतहट — यहाँको राजपुर नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ । राजपुर नगरपालिका–३ डमार पोखरियाका शेख सफुलाकी ३० वर्षीया श्रीमती गुलनाज खातुनको  बुधबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

प्रहरीका अनुसार खातुन आफू सुत्ने कोठामा साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल गौर लगिएकामा ईसीजी जाँच गर्दा चिकित्सकले मृत घोषित गरेका हुन् ।

उनी ८ महिनाकी गर्भवती थिइन् । खातुनका तीन छोरा र एक छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully