२ हजार ४ सय कुखुराका चल्ला नष्ट

असार २, २०८२

शंकर आचार्य

2,400 chicks destroyed

पर्सा — सशस्त्र प्रहरीले धोबिनी गाउँपालिका–१ घोडदौड क्षेत्रबाट नेपाल भित्र्याइएका भारतीय कुखुराको चल्ला नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलिले भारतबाट अवैध रुपमा पैठारी गरी भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका २४ कार्टुनमा रहेका २ हजार ४ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला आइतबार नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणपछि आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नष्ट गरिएको थियो । उक्त चल्ला भारतबाट ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका पर्सा जगनाथपुर गाउँपालिका–२ जानकी टोलका ४५ वर्षीय नवी देवानलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully