मधेश सरकारको बजेट मन्त्रिपरिषद्‌बाट स्वीकृत

असार १, २०८२

कमलेश ठाकुर

Madhesh government's budget approved by the cabinet

जनकपुरधाम — मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२–०८३ को बजेट मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत भएसँगै अर्थमन्त्री सुनिलकुमार यादवसहति मन्त्री र मुख्यमन्त्री मधेश प्रदेशसभामा गएका छन् । अब मधेश प्रदेशसभामा अर्थमन्त्री यादवले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन् । मधेश प्रदेशसभाले ४ बजे बजेट प्रस्तुत हुने कार्यसूची राखेको थियो । यद्यपि मन्त्रिपरिषद्को बैठकमा ढिलाइ हुँदा अहिलेसम्म बजेट भाषण सुरु भएको छैन ।

मधेश सरकारले अगामी आर्थिक वर्षभन्दा बजेटको अकार बढाएर ल्याउन लागेको छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully