सिरहा — एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार रायलाई एक महिलासहित प्रहरीले नियन्त्रणमा लिएको छ । रायलाई प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
उनी मालपोत तथा भूमिसुधार कार्यालय, सिरहाका कर्मचारीसमेत हुन् । रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दु:ख दिएको भन्ने उनकी पत्नीले दिएको उजुरीका आधारमा सिरहास्थित एक घरबाट महिलासँगै पक्राउ गरिएको प्रहरीले जनायो ।
रायसहित ती महिलालाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ । उनीहरूलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
