जनकपुरधाम — मधेश प्रदेशको अगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम नारा नै नाराले भरिएको छ । कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिई प्रस्तुत भएको नीति तथा कार्यक्रम २६ पृष्ठमा १ सय ८६ बुँदा रहेको छ ।
कृषिलाइ अर्थतन्त्रका मेरुदण्डका रू मा आत्मनिर्भर बनाउन ‘मधेशले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारा लिएको छ भने ‘मधेशको शान, स्थानीय मखान’ नाराको साथमा मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘आँपको बगौचा, मधेशको समृद्धि’ नाराकोसाथमा वृहत आँपको क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा लक्ष्य दिइएको छ । ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेश के आधार’ को अभियानलाई आत्मसाथ गर्दै एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाईने सरकारको लक्ष्य रहेको छ ।
रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारी नारा दिइएको छ । बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ, साक्षरता के दीप जलाओ’ नारा दिइएको छ भने शिक्षामै अर्को, नारा छ ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा’ । स्वास्थयतर्फ पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश नाराको माध्यमबाट मातृ शिशु स्वास्थ्य प्रवर्द्धन गरिने उल्लेख छ ।
