सप्तरीमा लुटेराको गोली प्रहारबाट एक जनाको मृत्यु, भाइ घाइते

जेष्ठ २३, २०८२

विद्यानन्द राम

In Saptari, one person was killed and his brother was injured

राजविराज — सप्तरीको सुरुंगा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर टोलमा पसेका लुटेराको समूहले लुटपाट सुरु गरेका थिए ।

प्रतिकार गर्दा लुटेराले गोली हानेर स्थानीय ५० वर्षीय कान्तलाल चौधरीको हत्या गरेको छ । उनीमाथि धारिलो हतियार पनि प्रहार भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘घटनास्थलमा एउटा गोलीको खोखा र तीन वटा गोली पनि बरामद भएको छ,’ उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छौं ।’

In Saptari, one person was killed and his brother was injured

लुटेराले मृतक कन्तलालका भाइ ४० वर्षीय रामाकान्त चौधरीमाथि पनि धारिलो हतियार प्रहार गरेका छन् । रामाकान्त दाजुसँगै लुटेराको प्रतिकार गरिरहँदा उनीमाथि धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शीले बताए । सख्त घाइते भएका उनलाई उपचारका लागि लहान पठाइएको छ ।

लुटेराले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको एसपी खतिवडाले बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully