सडक निर्माणमा ढिलाइ हुँदा राजविराजको मुख्य बजारमै चक्काजाम

जेष्ठ २०, २०८२

विद्यानन्द राम

Traffic jam in the main market of Rajviraj due to delay in road construction

राजविराज — सडक निर्माणमा ढिलासुस्ती हुँदा आवतजावत गर्न समस्या भइरहेको भन्दै युवाहरुले राजविराजको मुख्य बजारमै मंगलबार बिहानदेखि चक्काजाम गरेका छन् । 

स्थानीय युवाले राम मन्दिरदेखि नेता चोकसम्मको सडक अविलम्व कालोपत्र हुनुपर्ने माग गर्दै नेता चोकमै चक्काजाम गरेका हुन् । यसअघि पनि उनीहरूले सोही ठाउँमा चक्काजाम गर्दा जेठ २० गतेसम्म नै सो सडक कालोपत्र भइसक्ने नगरपालिका र निर्माण कम्पनीले प्रतिबद्धता जनाएका थिए ।

तर, प्रतिबद्धता पूरा नगर्दा बाध्य भएर पुनः चक्काजाम गर्नु परेको युवा नेता खेलानन्द दासले जानकारी दिए ।  उनले अब सो सडक कालोपत्र नभएसम्म चक्काजाम जारी नै रहने बताए  । चक्काजामले अत्यावश्यकबाहेकका सबै सवारीसाधन बजारमै रोकिएको छ भने केही सवारीसाधन अर्को सडकको प्रयोग गरेर ओहरदोहर गरिरहेको छ ।

नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत प्रविनले सडक निर्माण गराउनका लागि निर्माण कम्पनीसँग समन्वय भइरहेको बताइन् । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully