पर्सा — १४ वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल वीरगन्ज महानगरपालिका–१५ भिष्वामा बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन् ।
पासवानले २०८१ माघ २५ गते १० बजेको समयमा १४ वर्षीया नाबालिकालाई विवाह गर्छु भनि झुटो प्रलोभन देखाउँदै फकाएर भारतमा लगी पटक–पटक करणी गरेको निवेदन परेको छ ।
सोमबार मात्र उनले नाबालिकालाई वीरगन्जमा ल्याएर छाडेको पीडित पक्षले बताएका छन् । पीडितको निवेदनपछि पासवानलाई नियन्त्रणमा लिएर उनीविरुद्ध करणी सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
