लागु औषधसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ 

जेष्ठ १४, २०८२

शंकर आचार्य

Indian citizen arrested from Birganj with drugs

पर्सा — प्रहरीले एक भारतीय युवकलाई लागु औषधसहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना ढाकाग्राम फुलवरियाका ३० वर्षीय महम्मद रियाज अन्सारी छन् । 

उनलाई जेठ ९ गते वीरगन्ज महानगरपालिका–१४ गण्डकमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले लागु औषधसहित पक्राउ गरेको हो । सवारी साधन तथा यात्रीहरूलाई जाँच गर्ने क्रममा वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०४०७ नम्बरको सार्वजनिक गाडी रोकी जाँच गर्ने क्रममा उक्त गाडीको छतमा भारत अन्सारीले चामलको बोरामा लुकाइछिपाइ राखेको लागु औषध ट्रामाडोल क्याप्सुल ५ हजार ९ सय ९० ट्याब्लेट फेला परेको थियो । 

अन्सारीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा मंगलबार पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully