सप्तरीबाट १६ वटा बोरामा गाँजा बरामद

जेष्ठ १४, २०८२

विद्यानन्द राम

16 sacks of marijuana recovered from Saptari

राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका-२ दिघियाबाट बुधबार साँझ ठूलो परिमाणमा गाँजा बरामद भएको छ । एउटा ताला लागेको घरबाट १६ वटा बोरामा प्याकिङ गरिएको  अवस्थामा सो गाँजा बरामद भएको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सो गाँजा बरामद गरेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार बरामद भएको सो गाँजाको तौल गर्ने कार्य भइरहेको छ ।

एउटा बोरामा करिब २५/२६ किलो गाँजा रहेको एसपी खतिवडाले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully