काठमाडौँ — पर्सा १३ वर्षीया स्कुले छात्रालाई जरबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ संठीका २३ वर्षीय विशाल यादव छन् ।
उनले ८ कक्षामा अध्ययनरत बालिकालाई जेठ ८ गते २ बजेतिर स्कुलबाट घर फर्किने क्रममा प्रलोभन देखाइ पर्सा वीरगन्ज महानगरपालिका–१५ भिष्वास्थित आफ्नो कोठामा लगि पटक–पटक करणी गरेको पीडितपक्षबाट प्रहरीमा जाहेरी परेको छ ।
त्यसै आधारमा यादवलाई मंगलबार नियन्त्रणमा लिई उनीविरुद्ध करणी सम्बन्धी कसूरमा ६ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
