पर्सा — प्रहरीले बिन्दवासिनी गाउँपालिका–४ मधवलबाट सोमबार ठूलो परिमाणमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको औषधि बरामद गरेको छ ।
बिन्दवासिनी गाउँपालिका–४ मधवलस्थित सडकखण्ड हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी ना ५ च २४८३ नम्बरको पिकअपमा ल्याइएको विभिन्न १२ लाख ७८ हजार ५ सय २० रुपैयाँ बराबरको औषधि बरामद भएको हो ।
वीरगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाडीसहित बारा जितपुर सिमरा उपमहानगरपालिका–५ का २४ वर्षीय सुनिलकुमार रामलाई नियन्त्रणमा लिएको छ ।
गाडीमा लोड रहेको औषधिको बिलबिजक नरहेको र थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।
