बच्चा चोर्न खोजेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

जेष्ठ १२, २०८२

विद्यानन्द राम

An Indian citizen arrested for trying to steal a child

राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका-३ मौवाहाबाट बच्चा चोर्न खोजेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार राज्य अररिया जिल्लाको बथनाहाका ३१ वर्षीय बाबा भनिने टेङ्गा राम सोमबार पक्राउ परेका हुन् । 

हात हेर्ने र धान-चामल माग्दै आएका रामले स्थानीय भैरव मण्डलको घरमा पुगेर उनका ४ वर्षीय छोरा रियान्स मण्डललाई कुरकुरे खान भनिरहॅंदा शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी बेल्हीले पक्राउ गरेका राममाथि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा बुझाएको छ भने उनीमाथि अनुसन्धान भइरहेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully