अनुगमनको टोली आउने खबरले राजविराजका ज्वेलर्स बन्द

जेष्ठ ७, २०८२

विद्यानन्द राम

The jewelers of Rajviraj are closed due to the news of the arrival of the monitoring team

राजविराज — अनुगमनको टोली आउने खबरले राजविराजका अधिकांश सुनचाँदी व्यवसायीहरुले बुधबार पसल नै बन्द गरेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसहित टोलीले ज्वेलर्स अनुगमन गर्न राजविराज आएका थिए । 

अनुगमन हुने सूचना पाएका व्यवसायीले त्यसअघि नै ज्वेलर्स बन्द गरेर भागेका हुन् । टोलीले खुल्ला रहेका केही ज्वेलर्समा अनुगमन गरिरहेका छन् । 

सुनचाँदी व्यवसायी संघ राजविराजका अध्यक्ष नारायण रञ्जनले आफू बाहिर रहेको बताए । ‘ज्वेलर्स बन्द रहेको विषयमा बुझेर प्रतिक्रिया दिनेछु,’ उनले भने, ‘तर, आफ्नो ज्वेलर्स खोल्न भनिसकेको छु ।’

प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुगमनबारे थप विषय पछि जानकारी दिने बताए ।  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully