कृषि फर्मबाट गाँजाको कारोबार, तीन जना पक्राउ

जेष्ठ ५, २०८२

विनय आजाद

Marijuana business from agricultural firm, three people arrested

सिरहा — सिरहाबाट लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । सिरहा प्रहरीले आइतबार नरहा गाउँपालिका-१ देवीपुरबाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका-१ का ३५ वर्षीय संजय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका-४ घर भई संजय दासको गाडी चालक २० वर्षीय धिरज महतो छन् ।

प्रहरीका अनुसार, पक्राउ परेका संजयले देवीपुरमा सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट ३१ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको हो । उनीहरूले त्यस फर्ममा गाँजा भण्डारण गरेर बिक्री वितरण गर्दै आएको सूचना प्रहरीले पाएको थियो ।

उनीहरूको साथबाट ४ थान मोबाइल र गाँजाको बोरा सिलाउने मेसिन पनि प्रहरीले बरामद गरेको छ । सिरहा जिल्ला अदालतबाट म्याद लिई यस विषयमा विस्तृत अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully