महोत्तरीको बथनाहाबाट ५९ किलो गाँजा बरामद

वैशाख ३०, २०८२

सन्तोष सिंह

59 kg of ganja recovered from Bathnaha in Mahottari

महोत्तरी — महोत्तरीको बथनाहाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित गाँजा बरामद गरेको छ । मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट ५९ किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टले बताए । 

बोर्डर आउट पोस्ट(बीओपी) बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटेको नियमित पैदल गस्ती टोलीलाई देखेर गाँजाका पोका छोडेर भरिया फरार भएको र पोकाहरु खोली चेक गर्दा गाँजा पाइएको भट्टले बताए ।

नेपालबाट भार तर्फ तस्करी गर्न लागेको ७ वटा पोकामा गाँजा फेला परेको थियो । 

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully