‘सुरक्षित वीरगन्ज’ अभियानका लागि बैंकबाट १७ लाख ७५ हजार सहयोग

वैशाख ८, २०८२

शंकर आचार्य

1.7 lakh 75 thousand assistance from the bank for the 'Surakshit Virgunj' campaign

पर्सा — वीरगन्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगन्ज’ अभियानअन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सीसी क्यामरा सञ्जालजाल विस्तारका लागि १७ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको छ । महानगरभित्रका १६ वटा वाणिज्य बैंकले संयुक्त रूपमा सहयोग गरेका हुन् ।

सोमबार बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा हस्तान्तरण गरिएको छ । 'सेफर वीरगन्ज'का संयोजक मनोज दास तथा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई बैंकहरुको तर्फबाट बैंकर्स एसोसिएसन पर्साका अध्यक्ष एवं लक्ष्मी बैंक वीरगन्ज शाखा प्रमुख रोहिणी आचार्यले हस्तान्तरण गरेका थिए ।  

सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगन्जलाई सुरक्षित र व्यवस्थित सहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख राजेशमान सिंहले बताए । महानगरपालिकाको पहल एवं सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगन्जका विभिन्न स्थानमा थप नयाँ क्यामरा जडान गरिने उनले बताए । 

प्रहरी उपरीक्षक मिश्रले सीसी क्यामराले सहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उक्त अभियानको प्रशंसा गरे । अभियानमा सबैभन्दा ठूलो योगदान नबिल बैंकले ३ लाख रुपैयाँको गरेको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully