मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु 

वैशाख ६, २०८२

विनय आजाद

A girl died after drowning in a canal in Mirchaiya

सिरहा — सिरहामा मिर्चैयामा नालामा डुबेर एक बालिकाको ज्यान गएको छ । मिर्चैया नगरपालिका-५ स्थित किसुन साफीकी डेढ वर्षीया छोरी आसिका साफीको मृत्यु भएको हो ।

शनिबार बिहान घर छेउमै रहेको खुला नालामा डुबेको अवस्थामा उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसअघि मिर्चैया-५ मै २०८१ मंसिर १६ मा स्थानीय २४ वर्षीया रजिनादेवी महतोको नालामै डुबेर ज्यान गएको थियो ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully