वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

वैशाख ५, २०८२

रासस

The ban imposed in Birganj metropolis has been lifted

वीरगञ्ज — जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

'स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।' जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ  ।

गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यु पछि निषेधाज्ञा जारी गरिएको थियो । 

रासस

Link copied successfully