सिरहामा चट्याङ लागेर किसानको मृत्यु

वैशाख ५, २०८२

विनय आजाद

Farmer dies due to lightning in Siraha

सिरहा — सिरहामा चट्याङ लागेर एक जना किसानको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–६, भोक्राहाका ४५ वर्षीय बेचन रोहिताको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै गहुँको खेतमा बिहीबार बेलुका काम गरिरहेका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully