गाँजासहित एक जना पक्राउ

वैशाख ४, २०८२

ओमप्रकाश ठाकुर

One arrested with marijuana

सर्लाही — सर्लाहीको चुरे क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।  लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षका सुशील चौधरी २ सय ४४ किलो गाँजासहित प्रहरीको नियन्त्रणमा परेका हुन् ।

सिन्धुलीको मरिनबाट सर्लाहीको लालबन्दी आउँदै गरेको बा२०च १७८२ नम्बरको पिकअप गाडी लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा चेकिङमा परेका थिए ।

भुसको बोरा मुनी लुकाइ ल्याउँदै गरेको ४५ पोका गाँजासहित चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । उनका अनुसार गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो । गाँजासहित नियन्त्रणमा परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको छ । त्यहाँ उत्पादित गाँजाको प्रमुख बजार भारतीय सीमावर्ती जिल्ला हो । गाँजा तस्करले कतिपय अवस्थामा प्रहरीको आँखा छलेर लुकिछिपी सीमासम्म पुर्‍याउने गरेका छन् । 

ओमप्रकाश ठाकुर

Link copied successfully