२१ लाखभन्दा बढीको तस्करीका सामान भन्सार कार्यालयमा बुझाइयो

वैशाख ४, २०८२

शंकर आचार्य

More than 21 lakh smuggled goods were handed over to the customs office

पर्सा — सशस्त्र प्रहरीले चैत ३० गते बरामद गरेको भन्सार छलीका सामान बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । वीरगन्ज महानगरपालिका–२ छपकैयाबाट २१ लाख १६ हजार १ सय रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । 

भारतबाट अवैध रुपमा भन्सार छलि सामान नेपालतर्फ ल्याई त्यहाँस्थित एक गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरी राखेको जुत्ता, चप्पल, काजु, मरिज र विभिन्न औषधि बरामद गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले ती सामान बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जनाए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully