वीरगन्जमा कर्फ्यु आदेश जारी

चैत्र ३०, २०८१

लक्ष्मी साह

Curfew order issued in Birganj

बारा — हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ ।

एसपी गौतम मिश्रले जिल्ला प्रशासन कार्यालय पर्साले आज ६:३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको बताए । 

प्रत्येक वर्षझैं हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा छपकैया-३ मा रहेको श्रीराम हल चोक नजिक अज्ञात समूहबाट ढुंगामुढा भएपछि तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हुलदंगा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । उक्त घटनामा दुई इन्सपेक्टर र केही स्थानीयहरु घाइते भएको प्रहरीले बताएको छ ।

वडा नम्बर–२ मा रहेका स्थानीय तथा सञ्चारकर्मी शंकर साह सोनारले प्रत्येक वर्ष शान्तिपूर्ण रुपमा हुने शोभायात्रामा आज ढुंगामुढा भएपछि स्थिति तनावपूर्ण भएको बताए ।Curfew order issued in Birganj

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully