सप्तरी — सीमाक्षेत्रमा तस्करी बढेको गुनासोपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले शुक्रबार सीमा क्षेत्रमा अनुगमन गरेका छन् । उनी बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित सीमा क्षेत्रमा पुगेका थिए ।
प्रजिअ पुगेकै बेला प्रहरीले बीआर ३२–४२४८ नम्बरको भारतीय मोटरसाइकलमा सामान तस्करी गरिरहेका एक जनालाई नियन्त्रणमा लिइएको थियो । उक्त मोटरसाईकलमा दुई बोरा चिनी, एक बोरा दाल र अन्य किरानाका समान ल्याईदै थियो ।
प्रहरीले मोटरसाईकल चालक बोदे बरसाईन नगरपालिका–५ का २८ वर्षीय चञ्चल चौधरीलाई पनि नियन्त्रणमा लिएको छ ।
