बागमती नदीमा डुबेर युवकको मृत्यु  

चैत्र २६, २०८१

शिव पुरी

Youth drowned in Bagmati River

रौतहट — रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीस्थित बागमती खोलामा डुबेर मंगलबार एक युवकको मृत्यु भएको छ । वृन्दावन– १ तामाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

नगरपालिकाले लगाएको उत्खनन्‌को ठेक्कामा ठेकेदारले डोजर प्रयोग गरी बनाएको खाडलमा जमेको पानीमा डुबेर प्रजाको मृत्यु भएको हो । उनी नुहाउन गएको बेला सोही खाडलमा डुबेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो । 

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । नगरपालिकाले लगाएको बागमती नदीको उत्खनन्‌को ठेक्कामा मापदण्डविपरीत खाडल बनाएको भनेर स्थानीयले विरोध जनाउँदै आएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully