सिरहामा गृहमन्त्री लेखकको पुतला दहन, भारतीयलाई नागरिकता दिलाउनेलाई जोगाएको आरोप

चैत्र १९, २०८१

विनय आजाद

Effigy of home minister writer burnt in Siraha, accused of protecting citizenship to Indians

सिरहा — सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउने काममा संलग्नलाई जोगाएको भन्दै गृहमन्त्री रमेश लेखकको पुतला जलाइएको छ । चोहर्वामा मंगलबार साँझ स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।

भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयको आरोप छ ।

नरहा गाउँपालिका-३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकताका दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ । तर, अदालतबाट पक्राउ पुर्जी जारी भए पनि वडाध्यक्ष र वडासचिव खुल्लेआम घुम्दै आएका छन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully