बारा — राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाका सशस्त्र प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ बाट शुक्रबार सवा ८ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
बागमती प्रदेश ०२९ च ५४१४ नम्बरको कारलाई रोकी जाँच गर्दा लुकाइछिपाइ भारततर्फ लगिँदै गरिको उक्त अफिमसहित दुई जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनकाअनुसार मकवानपुर, हेटौंडा उपमहानगपालिकाका १२ का ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपालप्रसाद गौतम पक्राउ परेका हुन् ।
