शुक्रबारदेखि हराएकी वृद्धाको शव फेला

चैत्र १६, २०८१

शंकर आचार्य

The body of an old woman who had been missing since Friday was found

पर्सा — शुक्रबार दिउँसोदेखि हराइरहेकी एक वृद्धाको शव फेला परेको छ । वीरगन्ज–४ घर भएकी ६८ वर्षीया अंशिया अग्रवालको शव शनिबार बिहान वीरगन्ज–१६ नगवामा फेला परेको हो । 

पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार निर्माणाधीन घरको कम्पाउन्डमा ती वृद्धाको शव फेला परेको हो । उनी शुक्रबार दिउँसो करिब २ बजे घरबाट निस्केकी थिइन् । घटनास्थल नगवा प्रहरी चौकीको नजिक रहेको छ । 

प्रहरीका अनुसार मृतक वृद्धा घटनास्थलमा लडेको जस्तो देखिन्छ । कानको छेउ तथा हातका औंला कुनै जनावरले खाएको जस्तो देखिन्छ । यसबाहेक शरीरको अन्य भागमा चोटपटक वा नीलडाम देखिएको छैन । शव परीक्षणपछि मात्र घटनाबारे भन्न सक्ने अवस्था रहेको लम्सालले बताए । 

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully