कार्यकर्ता रिहाईको माग गर्दै राप्रपाले वीरगन्जमा गर्‍यो प्रदर्शन

चैत्र १६, २०८१

शंकर आचार्य

RPP staged a protest in Birganj demanding the release of the workers

पर्सा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता तथा कार्यकर्ताको गिरफ्तारीको विरोधमा शनिबार वीरगन्जमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले घण्टाघर चोकमा  टायर बालेर सरकारबिरोधी नारा लगाएका थिए ।

प्रदर्शनमा पार्टी केन्द्रीय सदस्य अंगत ठाकुर, पर्सा उपाध्यक्ष अवधकिशोर साह, नगिना यादव, विद्यार्थी युवा नेता दिपेश साह लगायतका सहभागी थिए । विरोध सभालाई सम्बोधन गर्दै नेताहरूले आफ्ना नेता तथा कार्यकर्ताको तत्काल रिहाइ नभए आइतबार देखि वीरगन्ज बजार पूर्ण रूपमा बन्द गर्ने चेतावनी समेत दिएका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully