मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चैत्र १४, २०८१

विद्यानन्द राम

One person died in a motorcycle accident

राजविराज — सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित प्र.२–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो । 

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरुप नगरपालिका–१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका बञ्जराको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा जिल्लाको रुपनी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष इसर गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully