रौतहटमा असिना-पानीले किसानको बालीमा क्षति

चैत्र ९, २०८१

शिव पुरी

Hail-water damage to farmers' crops in Rautahat

रौतहट — रौतहटको बृन्दावन, चन्द्रपुर, गढीमाई लगायतका नगरपालिकामा शनिबार बिहान परेको हावाहुरी, असिनापानीले मकै, गहुँ, तरकारी, फलफूल लगायत बालीमा क्षति पुगेको छ । 

बिहान २ बजेतिर चलेको हावाहुरीसहितको असिनापानीले किसानका बालीमा क्षति पुगेको हो । मकै, गहुँ, ढलेका छन् भने पाकिसकेको गहुँमा बढी क्षति पुगेको वृन्दावनका किशान जोगेन्द्र साहले बताए । ‘केही दिनमा गहुँ भित्र्याउने तयारीमा थियौं । असिनाले पूरै क्षति पुगेको छ,’ उनले भने । आफ्नो १० कट्ठामा लगाएको गहुँबालीमा क्षति पुगेको उनले बताए । Hail-water damage to farmers' crops in Rautahat

क्षतिको विवरण र क्षतिपूर्तिका लागि सांसद देवप्रसाद तिमल्सिना, युवराज भट्टराई र पूर्वसांसद कल्याणी खड्काले सरकारसँग माग राखेका छन् । अहिलेसम्म कुन पालिकामा कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले बताए । कृषि ज्ञान केन्द्र गौरले पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully