प्रदेशसभा अगाडि स्वास्थ्यकर्मीको धर्ना

चैत्र ८, २०८१

अजित तिवारी

Health workers' sit-in in front of the state assembly

जनकपुर — मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीले शुक्रबार प्रदेशसभा अगाडि धर्ना दिएका छन् । स्थानीय सेवा ऐनमा भएको त्रुटिका कारण स्तरवृद्धि रोक्का भएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । 

जनकपुरस्थित प्रदेशसभाको सचिवालयमा धर्ना बस्न गएका उनीहरुलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले सचिवालय परिसर बाहिरै रोकेका थिए । माग पूरा नभए चैत १६ देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनिश्चितकालिन धर्ना बस्ने उनीहरुले चेतावनी दिएका छन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully