बारा — बाराको निजगढस्थित गौरीशंकर सामुदायिक क्याम्पसकौ स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी भएका छन् । उनले कांग्रेस निकटका नेविसंघका अध्यक्षका उम्मेदवार बाबा लामा बोम्जनलाई ३ मत मतले पराजित गरी विजयी भएका हुन् ।
हुमागाईंले १ सय ३५ मत प्राप्त गरे । बोम्जनले १ सय ३२ मत प्राप्त गरे । यो क्याम्पसमा पहिलोपटक स्ववियु निर्वाचन भएको हो । क्याम्पसको ३ सय ६८ मतदाता रहेकोमा ३ सय ३३ मत खसेको थियो ।
