रौतहट — रौतहटको चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा मंगलबार बिहानबाट स्ववियुको मतदान सुरु भएको छ ।
नेविसंघ, अनेरास्वियु, अखिल (कान्तिकारी), समाजवादी विद्यार्थी यूनियनका गरी ३४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
बिहान सुरु भएको मतदानमा २ हजार ९ सय ५४ मतदाता रहेको निर्वाचन समितका संयोजक बिनोद तिमल्सिनाले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि बिहानबाट मतदान सुरु भएको छ ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् ।
अहिले शान्तिपूर्ण तरिकाले मतदान भइरहेको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ । मतदानका लागि विद्यार्थीहरु बिहान देखी लाइन लागेका छन् ।
