नगर प्रमुखद्वारा रेडक्रसलाई भ्यान उपहार

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Gift of Van to Red Cross by City Chief

महोत्तरी — बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिएका छन् ।

नगर प्रमुख क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई मंगलबार भ्यानको साँचो हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधाबापतको रकम बचाएर भ्यान किनिएको क्षत्रीले बताए ।

रेडक्रसलाई प्राप्त भ्यान विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully