महोत्तरीमा ५ सय ४७ किलो गाँजासहित १ जना पक्राउ

चैत्र ३, २०८१

सन्तोष सिंह

1 person arrested with 547 kg of ganja in Mahottari

काठमाडौँ — महोत्तरी प्रहरीले ५ सय ४७ किलो लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा ३ ख ५८३२ नम्बरको मिनी ट्रकलाई जाँच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शन्तु जैसवारले बताए ।

गोप्य सूचनाको आधारमा बर्दिबास गौरीडाँडा बीपी राजमार्गमा उक्त ट्रकलाई जाँच गर्दा गाँजासहित चालक सिन्धुपाल्चोक बाहृबिसे नगरपालिका-७ घर भई हाल काठमाडौं बस्दै आएका अन्दाजी ३७ वर्षीय सलिन मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ट्रकमा फल्स बटन बनाई लुकाइछिपाई राखेको ३५ वटा पोकामा रहेको गाँजा फेला पारिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully